नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक

  1. नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक

 

बिज्ञापन

काठमाडौं । नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको पाइएको छ । भेरिफाइड मार्क भएको काङ्ग्रेसको फेसबुक पेज बुधबारदेखि ह्याकरकाे कब्जामा पुगेको हो ।

बिज्ञापन

यो समाचार तयार पार्दा करिब १४ घण्टा अगाडि पेजको स्टोरीमा असान्दर्भिक पोस्ट शेयर गरिएको देख्न सकिन्छ । सो स्टोरीमा ‘फतिमा एरियाज फ्यान्स’ नामको पेजमा पोस्ट भएको भिडिओ शेयर गरिएको छ ।

उक्त भिडिओ नेपाली काङ्ग्रेसको पेजमार्फत शेयर भएपछि साइबर सुरक्षा विश्लेषकले पेज ह्याक भएको विश्लेषण गरेका छन् ।

बिज्ञापन

“पेजमा कुनै भूमिका पाएको व्यक्तिको अकाउन्ट ह्याक भएर त्यस्तो असान्दर्भिक पोस्ट शेयर भएको हुनसक्छ, वा पेज नै ह्याक भएको हुनसक्छ,” एक सुरक्षा विश्लेषकले भने, “फेरि अकाउन्ट ह्याक भएको भए यतिबेलासम्म स्टोरी डिलिट भइसक्नु पर्ने हो । त्यसैले पेज नै ह्याक भएको आशंका गर्ने ठाउँ धेरै छ ।”

काङ्ग्रेसको यो पेजबाट दुई ओटा अकाउन्ट फलो गरिएको देख्न सकिन्छ । जसमा एउटा अकाउन्ट शेरबहादुर देउवा र अर्को अकाउन्ट ‘फतिमा एरियाज फ्यान्स’ रहेको छ

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु