तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा चिनियाँ पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बैँस गुरुङले जानकारी दिनुभयो । “हप्ताको दुई÷तीन दिन चिनियाँ पर्यटक करिब पाँच÷छ सयका दरले आउने गरेका छन्”, उहाँले भन्नुभयो, “जर्मनी, […]

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गाबाट पूर्वीरुकुम र रोल्पाको सिमाना पातीहाल्नेसम्म जोडेको छ । उक्त लोगमार्ग बागलुङ, गलकोट र ढोरपाटन नगरपालिका तथा काठेखोला, बडिगाड र निसीखालोला गाउँपालिकाको मध्यभागबाटै चिरेर गएको छ । लोकमार्गसँग जोडिएपछि पछिल्लो आधा दशकयता धेरै ठाउँमा बस्ती विस्तार हुँदै गएका छन् । बागलुङमा करिब एक सय ४२ […]

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । अर्यालले राष्ट्रिय सभा नारायण दाहाललाई राजीनामा बुझाउनु भएको छ । अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाका उपाध्यक्षमा निर्बाचित हुनु भएको थियो । नयाँ गठबन्धन बने पछि उपाध्यक्ष माओबादी केन्द्रले छाड्नु पर्ने भएपछि उहाँले आफ्नो पदबाट राजीनामा दिनु भएको हो । […]

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने दिनुभएको छ । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भनि प्रश्न गर्नुभयो । “चालु आर्थिक वर्षको पहिलो ६ महिनामा […]

काठमाडौँ । गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा हुनुहुन्थ्यो । उहाँ आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहनुभएको थियो । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आउनुभएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा हुनुहुन्थ्यो । एकबिहानै सुलोचनाका देवरले फोन गर्नुभयो । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा […]

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी-२० खेल रद्द भएको छ । काठमाडौँमा बुधबार रातिदेखि लगातार पानी परेपछि खेल रद्द भएको हो । आयरल्यान्ड टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र ३ एक दिवसीय शृंखला खेल्ने तालिका रहेको छ । खेलमा वर्षा बाधक बनेपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुन: […]

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेट गर्नुभएको छ । भेटमा राजदूत फेनले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । भेटमा एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर(सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक […]

त्रिभुवन विश्वविद्यालयका वि.ए. प्रथम बर्ष जनसंख्या विषयको बैशाखमा परिक्षा दिएका विध्यार्थीको उत्तर पूस्तिका हराएको विषय गम्भिर भएको नेपाल विध्यार्थी संघका नेता विनोद शाहीले बताएका छन् । नतिजा आउने समयमा उत्तर पूस्तिका हराउनु गम्भिर लार्पवाही भएको र सधै त्रि.वि.ले विध्यार्थीको जिवनमा खेलवाड गरेको बताएका छन । उनले भनेका छन, नतिजा आउने बेलामा १६५ जनाको उत्तर पुस्तिका […]

गलेश्वर । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ । त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र […]

काठमाण्डौ – मुगुमा जीप दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ । हिजो गमगढीबाट सोरुकोटका लागि छुटेको जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईंजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ज्यान गुमाउनेमा जीप चालक कविराज नेपाली र परिचय नखुलेका एकजना महिला रहेकी छिन् । कच्ची र साँघुरो […]