विश्वविद्यालयको बारम्बार लापरबाही बिद्यार्थी माथिको अन्याय क्षम्य हुँदैन ने.वि.संंघ नेता विनोद शाही

त्रिभुवन विश्वविद्यालयका वि.ए. प्रथम बर्ष जनसंख्या विषयको बैशाखमा परिक्षा दिएका विध्यार्थीको उत्तर पूस्तिका हराएको विषय गम्भिर भएको नेपाल विध्यार्थी संघका नेता विनोद शाहीले बताएका छन् । नतिजा आउने समयमा उत्तर पूस्तिका हराउनु गम्भिर लार्पवाही भएको र सधै त्रि.वि.ले विध्यार्थीको जिवनमा खेलवाड गरेको बताएका छन । उनले भनेका छन, नतिजा आउने बेलामा १६५ जनाको उत्तर पुस्तिका हराईनुले एकातिर बिद्यार्थीलाई मर्कामा पारीएको छ भने अर्कोतिर बिश्वबिद्धालयको विश्वसनीयता माथी प्रश्न उठाउने काम गरिएको छ।
यसरी मुलुकको सवैभन्दा ठूलो विश्वविद्यालयको यस प्रकारको दुर्गति र पटकपटकको लापरबाहीले बिद्यार्थी माथी न्याय हुन सकेको छैन। सम्बन्धित डिन निकायलाई आवश्यक छानबिन गरि दोषी उपर कार्बाही हुनुपर्छ उनले भने ।
अध्ययनरत उक्त कार्यक्रमका बिद्यार्थीलाई न्यायोचित ढंगले गृहकार्य गर्नहुन समेत त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रक र नेतृत्वलाई आग्रह गर्न चाहन्छु। उनले भनेका छन ।

बिज्ञापन

शाही

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु