काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूले सक्रियताका साथ काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ । मंगलवार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै विभागहरूको प्रशंसा गर्नुभएको हो । सभापति देउवाले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका हुन् । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका […]

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताउनुभएको छ । जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ झुँगामा आज आयोजित खबरदारीसभामा उहाँले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको […]

काठमाडौँ – प्रतिनिधि सभाको मंगलबारको बैठकले ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विधेयकलाई बैठकले बहुमतले स्वीकृति दिएको हो। भन्सार बिन्दुहरूमा व्याप्त बेथिति, अनियमितता तथा राजस्व चुहावट हटाउने उद्देश्यले यो विधेयक ल्याइएको मन्त्री पौडेलले बताएका छन्। उनले विधेयकमार्फत भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी व्यवस्थित बनाउने […]

वीरेन्द्रनगर । लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने यस समुदायका मुखिया सूर्यनारायण शाहीको सोमबार राति साढे ९ बजे सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोलामा मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए । सूर्यनारायण शाही राउटे समुदायका […]

काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न गर्नुभएको छ । मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले शिक्षकका मागहरु धेरैले उठाइसकेको भन्दै शिक्षकहरुका माग सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गर्नुभयो । उहाँले […]

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध […]

बाँकेमा ७ दिनदेखि बेपत्ता बालकको शव गाडेको अवस्थामा फेला परेको छ। बैजनाथ गाउँपालिका– ४ नौलापुरस्थित कुलोमा ९ वर्षीीय कुशल बुढाको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले जानकारी दिए। शव सोमबार साँझ ५ बजेतिर फेला परेको हो। कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल वैशाख ८ गतेदेखि बेपत्ता थिए। शव फेला […]

काठमाडौँ । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद भगवती चौधरीले शिक्षक आन्दोलनको चाँडो समाधान निकाल्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिकस्थल, व्यापारिक केन्द्रलगायत ठाउँमा आगलागीका घटनाको जोखिम व्यवस्थापन गर्न दमकलको व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद भानुभक्त जोशीले पनि आन्दोलनरत शिक्षकको मागतर्फ सरकारले ध्यान नदिएको आरोप […]

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम […]