‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौँ – प्रतिनिधि सभाको मंगलबारको बैठकले ‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित गरेको छ। सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विधेयकलाई बैठकले बहुमतले स्वीकृति दिएको हो।

बिज्ञापन

भन्सार बिन्दुहरूमा व्याप्त बेथिति, अनियमितता तथा राजस्व चुहावट हटाउने उद्देश्यले यो विधेयक ल्याइएको मन्त्री पौडेलले बताएका छन्। उनले विधेयकमार्फत भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी व्यवस्थित बनाउने प्रयास गरिएको जानकारी गराए।

बिज्ञापन

“राजश्व चुहावट नियन्त्रण, भन्सार प्रक्रियालाई पारदर्शी बनाउने, व्यापारीहरूलाई सहज वातावरण प्रदान गर्ने र भन्सार प्रशासनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विधेयक ल्याइएको हो,” मन्त्री पौडेलले भने।

विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सुधारका लागि आएका सुझावप्रति आभार व्यक्त गरे। साथै उनले विधेयक कार्यान्वयनमा आएपछि राजस्व संकलनमा वृद्धि हुने र व्यापारिक क्रियाकलाप सरल तथा पारदर्शी हुने दाबी गरे।

बिज्ञापन

अब यो विधेयक कानुनी रूप लिएपछि भन्सार प्रणाली सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु