नेपाल–जापान सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा एक भव्य सांस्कृतिक कार्यक्रम ‘नेपाल–जापान कल्चरल एक्सचेन्ज प्रोग्राम’ आयोजना गरिने भएको छ। ओजी मिडिया हाउसको आयोजनामा तथा B. To B. Consultancy को मुख्य प्रायोजनमा आयोजना हुने कार्यक्रममा विश्व चर्चित जापानी जादुगर ज्याक १२ (Jack 12) ले प्रत्यक्ष जादु प्रस्तुत गर्नेछन्। ज्याक १२ ती चर्चित कलाकार हुन्, जसले अमेरिकी […]

काठमाडौं : काठमाडौंको दरवारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुनेगरी नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपालसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरिएको हो।

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। आलामलाई अन्नपूर्ण न्युरो अस्पतालको आइसीयुमा भर्ना गरिएको छ। शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई न्युरो अस्पताल पुर्‍याइएको थियो। उनको आइसीइमा उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले जानकारी दिए। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाएका आलम बुधबार रिहा भएका […]

चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ । यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी […]

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको उज्यालो भविष्यमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । मंगलबार पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमालेमाथि भइरहेको चौतर्फी प्रहारलाई सामना गर्नुपर्ने बताएका हुन् । महासचिव पोखरेलले विद्यालयस्तरमै गणतन्त्रबारे पढाउनुपर्ने समेत बताए । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिँदै बलियो शक्तिका रुपमा एमाले स्थापित भएका […]

बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका – २ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालबाट रेफर गरिएको हो । मंगलवार बिहान नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर टेलिकम अत्तरियाको बा ५ च २२०९ […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंहका निजी सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचारसम्बन्धी अभियोगमा पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जेठ १२ गते साँझ जनकपुरबाट कायस्थलाई नियन्त्रणमा लिएको हो। उनलाई सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरूको नाममा आएको रकम आफ्नो र श्रीमतीको खातामा दाखिला गराएको अभियोगमा पक्राउ गरिएको आयोगद्वारा […]

चैत १५ गते भएको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका धर्मगुरु भनेर चिनिने पुस्कर खतिवडाले २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको बताएका छन् । प्रहरीसँगको बयानमा उनले प्रहरीले अश्रुग्यास प्रहार गरेपछि ढुङ्गा हानेको र तत्काल सो स्थानबाट निस्किएको बताएका छन् । आफू कुनै पार्टीको सदस्य नरहेको, हिन्दू राष्ट्रको समर्थक भएकाले स्वतन्त्र नागरिकका हिसाबले त्यहाँ आन्दोलनमा […]

पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो। जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो। बयान सकिएपछि सोमबार इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको […]

file picture

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताए। भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण […]