बाजुरा जिप दुर्घटनाका घाइतेलाई नेपालगन्ज लगियो

बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेहरूलाई थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।

बिज्ञापन

जिप दुर्घटनामा बुढीनन्दा नगरपालिका – २ का नन्दाराम तिरुवा र लोकेन्द्र तिरुवालाई कोल्टी अस्पतालबाट रेफर गरिएको हो । मंगलवार बिहान नेपाल टेलिकमको टावरमा ब्याट्री फेर्नका लागि ब्याट्री लिएर टेलिकम अत्तरियाको बा ५ च २२०९ नम्बर जिप त्यसतर्फ जाने क्रममा दुर्घटनामा नेपाल टेलिकमको उक्त जिप दुर्घटनामा परेको थियो ।

बिज्ञापन

दुर्घटनामा नेपाल टेलिकम बाजुरा कार्यालयका प्रमुख लोकबहादुर खड्का, कर्मचारीहरू बाजुराको ढम्कने टावरमा कार्यरत सुरक्षा गार्ड रवीन्द्र धामी र चालक कञ्चनपुरका करनसिंह महतराको घटनास्थलमै मृत्यु भएको बाजुराका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसार जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु