Author: सुधार आवाज
बारा । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई एक्काईस लाखसहित पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसार पसार गर्ने क्रममा रंजित सर्राफले लुकाएर ल्याउँदै गरेको अवस्थामा गत […]
मोरङ, २२ फागुन । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ । खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या भएको हो । दुई वर्ष अगाडीदेखि फुपूको छोरा […]
काठमाडौं– मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पाल्पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन्। सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन्। डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
काठमाण्डौ – महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय जीपले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । ज्यान गुमाउनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको […]
काठमाडौं ।कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । प्रदेश सरकारको नेतृत्वमा आलोपालोको सहमति भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । एमालेले तीन र माओवादीले दुई वटा प्रदेशको नेतृत्व लिनेबारे छलफल भएको उनले बताए । बाँकी दुई प्रदेशको नेतृत्वको लागि भने गठबन्धनका अन्य दललाई दिने […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्न शीतलनिवास जाँदैछन् । उनी केहीबेरमै शीतलनिवास जाने तयारी गरिएको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने विषयमा जानकारी गराउने तयारी रहेको स्रोतले जानकारी दियो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आफूले चढ्ने सरकारी गाडीमा राखिएको राष्ट्रिय झन्डा छोपेर बूढानीलकण्ठबाट बाहिरिएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि उनी झन्डा छोपेर बाहिरिएका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (एमाले)सहितका दलको नयाँ गठबन्धन बनेको […]
काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने तयारी गरेको छ । आजै नयाँ मन्त्रीमण्डल बनेमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना रहेको स्रोतले जनाएको छ । आईतबार भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसमा […]
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिकदेखि मौसम सामान्य बदली रहनेछ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सोमबार दिउँसो […]









