रविलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने तयारी गरेको छ ।

बिज्ञापन

आजै नयाँ मन्त्रीमण्डल बनेमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना रहेको स्रोतले जनाएको छ ।

बिज्ञापन

आईतबार भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसमा सहमत रहेका बताईएको छ । आज नयाँ मन्त्रीमण्डल बन्यो भने रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने रास्वपा स्रोतले बतायो ।

अहिले नयाँ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् ।बैठकमा मन्त्रिपरिषदमा सहभागी हुनेहरुको नामावली प्रधानमन्त्रीलाई बुझाईने बताईएको छ ।

बिज्ञापन

स्रोत ः न्युज पोलार

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु