काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत नियमन आयोगले आगामी दिनमा नियामकीय अभावलाई पूरा गर्दै जानुपर्ने बताउनुभएको छ । बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सवको अवसरमा बोल्दै उहाँले विद्युत प्राधिकरणले आफ्नो विद्युत उत्पादन प्रशारण वितरण तथा सेवा पु¥याउने कार्यमा पर्ने नियामकीय अप्ठ्याराहरुमा नियमन आयोगसँग सहकार्य गर्दै जाने आश्वास दिनुभएको […]

काठमाडौँ । स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोग उर्जाको क्षेत्रमा नियमन गर्नकै लागि जन्मेको संस्था भएकाले यसले अझ प्रभावकारी हिसावले काम गर्नुपर्ने बताउनुभएको छ । बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सबको अवसरमा बोल्दै उहाँले नेपालका निजी र निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरुलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै […]

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । बिहीबार राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी राजेन्द्र लिङदेनको काँधमा पुगेको बताउदै उनले भने, ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित […]

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै राजावादीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जनआन्दोलन घोषणा गरेका हुन् । राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने बताउदै उनले भने, ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी […]

काठमाडौँ । काठमाडौंमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । काठमाडौंका माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ । बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना तथा द स्टोरी किचेनको सहकार्य ‘दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले […]

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक […]

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाउनुभएको हो । कायममुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराउनुभयो […]

काठमाडौँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो । आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाघेको छ । तीन […]

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरु रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाष प्रयोग गर्ने गरेको आरोप लगाउनु भयो […]