ओली सरकार आएपछि उर्जा क्षेत्रमा धेरै काम भएको छः गणेश कार्की

काठमाडौँ । स्वतन्त्र उत्पादक संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोग उर्जाको क्षेत्रमा नियमन गर्नकै लागि जन्मेको संस्था भएकाले यसले अझ प्रभावकारी हिसावले काम गर्नुपर्ने बताउनुभएको छ ।

बिज्ञापन

बिहीवार राजधानीमा आयोजित विद्युत नियमन आयोगको छैठौं वार्षिक उत्सबको अवसरमा बोल्दै उहाँले नेपालका निजी र निजी क्षेत्रलाई मात्रै नभएर सरोकारवालाहरुलाई पनि सम्बन्धित विषयवस्तुमा सँगसँगै अघि बढाउन आयोगले प्रयास गरेको बताउनुभएको हो ।

बिज्ञापन

उहाँले अहिलेको सरकार आएपछि केही महत्वपूर्ण काम भएको बताउँदै सरकारको प्रशंसा समेत गर्नुभयो । उर्जामन्त्रीको नेतृत्वले २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र बनाएको बताउनु भयो । बंगलादेशका लागि विद्युत उत्पादन गरेर विक्री गर्नसक्नु ठूलो उपलब्धिी भएको कार्कीको भनाइ छ । २८ हजार ५ सय विद्युत उत्पादन गर्नका लागि नियमन आयोगको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । उर्जा मन्त्रालय शक्तिशाली मन्त्रालय बनाउनुपर्ने बताउँदै उहाँले एकद्वार नीतिहरु आउनेपर्ने समेत बताउनु भयो । सबै कुराहरु उर्जा मन्त्रालयमार्फत बजेटमा आउनुपर्ने उहाँको भनाई छ ।

कार्कीले भन्नुभयो– ‘यो सरकार आएपछि ऐतिहासिक काम भएको छ । कतिपयले मलाई प्रवक्ता समेत भन्नुहुन्छ । म त्यो भन्दा पनि माथि उठेर काम गर्नुपर्छ भन्ने मान्यता राख्छु । प्रधानमन्त्रीले समृद्ध नेपाल सुखी नेपाली नारा लिनुभएको छ । सच्चै नै त्यो पूरा गर्नकै लागि उर्जा क्षेत्र नै हो ।’

बिज्ञापन

नेपालका थ्रुपै जनतालाई सहभागी गराउन ५ लाखसम्म नेपाली जनतालाई बिना धितो लगानी गर्ने वातावरण बनाए अर्थ हुने बताउनु भयो । अहिले ५ सय भन्दा बढि कम्पनीहरु रहेको र त्यसैको हाराहारीमा जलविद्युत कम्पनीहरु आउन लागेको बताउँदै उहाँले प्रत्येक पटक एक जना शेयरधनी परिवर्तन हुँदा विभिन्न ठाउँमा स्वीकृति लिनुपर्ने बाध्यता रहेको बताउनु भयो । त्यस्तो काम गरेर आयोग बस्न नहुने कार्कीले बताउनु भयो । उहाँकाअनुसार त्यो हेर्ने सम्बन्धित निकाय छ ।

उहाँकाअनुसार विद्युत नियमन आयोगले २८ हजार ५ सय बिजुली कसरी नियमनसँगै खपत गर्ने, कसरी विद्युतलाई व्यापार गर्ने त्यतातर्फ सोच्न जरुरी रहेको बताउनु भयो । विद्युत प्राधिकरणले पिपए गर्दा विभिन्न डकुमेन्ट हेर्ने गरेको बताउँदै कार्कीले त्यही प्रक्रिया विद्युत निमयन आयोगले गर्दा दोहोरो पर्ने बताउनु भयो । एकै ठाउँमा त्यस्ता कामहरु गर्न जरुरी रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु