काठमाडौ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न आजदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गरेको हो । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं […]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ता गठबन्धन दलबीचको किचलोका कारण चैत २ गतेदेखि प्रतिनिधिसभाको बैठक प्रभावित छ । आज बस्ने भनिएको बैठक पनि अनिश्चित छ । नेपाली कांग्रेस सत्ताबाट बाहिरिनुपर्दाको छटपटीका कारण उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रामक बनिरहेको छ । फागुन २३ गते लामिछाने गृहमन्त्री बनेदेखि नै कांग्रेस आक्रामक बन्दै आएको […]

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स (पीबीकेएस) र सनराइजर्स हैदरावाद (एसआरएच) बीच खेल हुँदैछ । महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । पञ्जाबले आइपिएलमा हैदरावादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औं सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका […]

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्का: अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ । आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका […]

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य मंगलबार पनि बढेको छ । अघिल्लो दिनको तुलनामा  प्रतितोला १ सय रुपैयाँ बढेर बजारमा सुनले ऐतिहासिक रेकर्ड बनाएको छ । सोमबार प्रतितोला रु एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार तीनदुई सय कायम भएको छ । तेजाबी […]

सुकमेल मसलाको रानी हो, यसलाई सबैभन्दा महंगो मसलाको रुपमा लिइन्छ । वर्तमान अवस्थामा हेर्ने हो भने किसानहरु सुकमेल खेती गरेर मनग्य आम्दानी गरिरहेका छन । सामान्यतया अलैचीँ खेती हुने ठाउँमा यसको खेती मज्जाले गर्ने सकिने भएको हुनाल] पनी यसको खेती फस्टाएको हो । यसले खेती गरेको २ देखी ३ वर्षबाट उत्पादन दिने भएकाले यसको खेती […]

परिचयः कुरिलो कलिलो टुसा (Spear) को लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि.सम्म कुरिलोपाइन्छ । कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ । नेपालमा […]

काठमाडौँ । नेपालले त्रिकोणत्मक फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए । आर्य देशाईले ३६, रुद्र पटेल १७, जयमित पटेल […]

सिराहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटिएको छ । सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको हो। भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका […]

डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन । विसं २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याजखेती गरेका थिए । कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप […]