गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि

काठमाडौँ । नेपालले त्रिकोणत्मक फ्रेन्डसिप कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा गुजरातलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।

बिज्ञापन

१७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उमंग रोहितकुमारले सर्वाधिक ४० रन बनाए । आर्य देशाईले ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५–१५ रन बनाए ।

बिज्ञापन

नेपालका अभिनाश बोहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।

त्यसअघि गुजरातको वापीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन जोड्यो ।

बिज्ञापन

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ७४ रनको योगदान दिए । यस्तै, कुशल मल्ल १३ बलमा ३१ तथा सन्दीप जोरा ३ बलमा ७ रनसहित अविजित रहे । यस्तै, कुशल भुर्तेलले १९, आसिफ शेखले ३४ रनको योगदान दिए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, सिन पटेल, तेजस पटेल र जाला युवराजसिंहले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु