. सुनिल शर्माको टाेलिले गर्यो रामेछापमा ११५५ जनालाई निशुल्क उपचार

 

बिज्ञापन

नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ टाेलिले निशुल्क स्वास्थ्य शिविर रामेछापको गोकुल गँगा अस्पतालमा सञ्चालन गरिएको छ।
काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ११५५ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, १०६ जनाको ल्याब परीक्षण, १४५ जनाको युएसजी , गरिएको छ ।
शिविरमा आएका मध्ये ३१ जनाको दाँत खोलिएको तथा ४३ जनालाई थप उपचारका लागि ओटी रेफर समेत गरिएको छ । गम्भिर प्रकारका रोग देखा परेका तथा शल्यक्रिया मार्फत उपचार गर्नुपर्ने बिरामीलाई रेफर गरिने गरिएको केएमसीका जनरल मेनेजर दाहालको भनाई छ ।
शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी लगायतका सेवाहरु दिइएको छ । सांसद शर्माले केएमसीको स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविरको अभियान चलाएका हुन् ।
रामेछापको गोकुल गँगा अस्पतालमा संचालित निःशुल्क स्वास्थ्य शिवीर गोकुल गँगा गाउँपालिका स्वास्थ शाखा रस्नालु सँगको सहकार्यमा आयोजना गरिएको हो ।

बिज्ञापन

स्वास्थ शिवीर तस्वीरहरु

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु