सल्यानका स्थानिय निकायको झुट, मागीएको सूचना दिनुको साटो गुपचुप पारिदै, जनप्रतिनिधिको खर्च विवरण लुकाईयो

सल्यानका अधिकांस स्थानिय निकायले मागेको सूचना समेत लुकाउने गरेको पाइएको छ । सल्यान जिल्लाका अधिकांस स्थानिय सरकारले नै सूचनाको माग गर्दा विभिन्न बहाना बनाउदै पन्छिने गरेको पाईएको हो । सूचनाको हक सम्बन्धि ऐनमा समेत परियोेजना खुलाई मागिएको सूचना माग गरेको मितिले १५ दिन भित्र दिनु पर्ने भनि ब्यवस्था गरेको छ ।

बिज्ञापन

तर सल्यानका स्थानिय निकाएले भने सूचना दिनुको साटो विभिन्न बहाना बनाउदै टार्ने गरेको पाईएको हो । सुधार आवाज डटकमको टिमले सल्यानका २ स्थानिय निकायमा सूचनाको विवरण तथा प्रमाणित प्रतिलिपि समेत माग गरेकोमा १ महिना बढि भैसक्दा समेत बहाना बनाउदै सूचना दिन मानिरहेका छैनन् । फाुगन १९ गतेको पत्र संख्या २०८०/२०८१ चलानि नं. ३२६ दार्मा गाँउपालिकाको कार्यालय र कालिमाटी गाँउपालिकाको कार्यालय पत्र संख्या २०८०/२०८१ चलानि नं. ३२७ मा विभिन्न सूचना माग गरिएकोमा अहिले सम्म सूचना प्राप्त हुन सकेको छैन । उक्त २ पालिकामा आर्थिक वर्ष २०७९/०८० मा गाँउपालिकामा निवार्चित भएका जनप्रतिनिधिहरुले लिएको सेवा सुविधा र आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट खर्च विवरण संचालति कार्याक्रमको विवरण माग गरिएको थियो । माग गरिएको सूचना स्थानिय निकायले १५ दिन भित्र दिनुको साटो लुकाउनुले संका ब्यक्त गर्दछ । माग गरिएको विवरणको प्रमाणित प्रतिलिपि दिनुको साटो लुकाउनु र विभिन्न बहाना गर्नु आफैमा संकाको घेरा सृजाना गर्दछ ।
हामिले सूचना माग गरेर पटकपटक सम्र्पक गर्दा समेत फोन नउठने, फोन उठिहाले पनि बहान गदै सुचना लुकाइनुले पर्दा पछाडिको खेल मज्जैले बुझ्न सकिन्छ ।

बिज्ञापन

#सल्यानका स्थानिय निकाय

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु