संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रविमाथिको अनुसन्धान प्रतिवेदन

२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहकारीको रकम अपचलनबारे रुपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन बाँडिएको छ ।

नेताहरुका अनुसार सभापति शेरबहादुर देउवाले नै रूपन्देही प्रहरीको अनुसन्धान प्रतिवेदन सांसदहरुलाई दिन भनेका हुन् । उक्त प्रतिवेदनमा रवि लामिछानेको नाम उल्लेख छ ।

बिज्ञापन

प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले यही वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ । यो विवरणका आधारमा संसदमा आफ्ना धारण राख्न कांग्रेस सांसदहरुलाई भनिएको छ ।

बिज्ञापन

रुपन्देही प्रतिवेदनका सम्बन्धमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रुपन्देही प्रहरी अनुसन्धान प्रतिवेदनको विवरणका आधारमा नाम उल्लेख भएकामाथि सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने तर्क गरेका छन् । सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने तर्कसहित संसदमा आफ्ना विषय राख्न कांग्रेस सांसदहरुलाई प्रशिक्षित गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु