संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई हाजिरी जमानीमा छाडियो

काठमाडौं । संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ ।

बिज्ञापन

सोमबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरेर हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

बिज्ञापन

सोमबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको भन्दै उनीहरुले संसद् भवन परिसर भित्र जबरजस्ती छिरेर नाराबाजी गरेका थिए । सोहि क्रममा प्रहरीले प्रहरीले ४८ महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिएको थियो ।

कडा सुरक्षा घेराभित्र रहेको संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेर नाराबाजी गरेपछि सरकारले संसद् भवनसहित सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारेको थियो ।

बिज्ञापन

साभार : न्युज पोलार

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु