लागु औषध सहित दुई जनालाई प्रहरीले गर्‍यो पक्राउ

चन्द्रागिरि नगरपालिका- २ नागढुङ्गास्थित चेक प्वाइन्टबाट सोमबार लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट जिल्ला तादी गाउँपालिका-६ घर भएका २९ वर्षीय आदम तामाङ र सोही स्थानका २२ वर्षीय दिलबहादुर तामाङ छन्।

बिज्ञापन

उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ पोका बरामद गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ६९०२ नम्बरको यात्रुवाहक माइक्रोबसमा चेकजाँच गर्ने क्रममा प्लास्टिकमा पोको पारेको लागुऔषध सहित उनीहरुलाई प्रहरीले फेला पारेको थियो। उनीरुलाई  नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु