रास्वपा उमेदवार मिलन लिम्बुले आफ्नै वडामा कटाउन सकेनन १०० मत

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बुलाई आफ्नै वडाबाट पनि मत नआएको देखिएकाे छ।

बिज्ञापन

उनको जनता कल्याण आबी माङ्सेवुङ वडा नम्बर २ मा मतदान केन्द्र हो। यहाँबाट उनलाई ९६ मत मात्र प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ।

बिज्ञापन

मिलनको वडामा १ हजार ४०७ मत गणना खसेको थियो। यहाँबाट एमालेले पहिलो नम्बरमा मत पाएको छ। एमाले ५८६ र दोस्रोमा कांग्रेसले ३५१ मत पायो।

पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले ३१७ मत पाए।

बिज्ञापन

२५ हजार ७१२ मत गणना हुँदा एमालेका सुहाङ नेम्बाङले १० हजार ४१९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मत ल्याएका छन्।

दुबैबीच ३ हजार ३५७ मतान्तर रहेकाे छ।

यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले १ हजार ४५१ मत प्राप्त गरेका छन्।

इलामको चुलाचुलीमा कांग्रेसभन्दा पहिचानवादी उम्मेदवार थेगिम बलिया
अपराधिक गतिविधिमा संलग्न भारतीय नागरिक पक्राउ, भाग्न खोज्दा प्रहरीद्वारा गोली प्रहार
ओलम्पिकमा सहभागी खेलाडीलाई खेलकुद विकास बोर्ड कोशी प्रदेशले पुनर्मिलन गराउने
इलाम–२ मा मतान्तर बढाउँदै सुहाङ
इलाम–२ ताजा अपडेटः अघि लागे सुहाङ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु