राष्ट्रियसभा निर्वाचन : आजै मतपरिणाम आउने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ ।

बिज्ञापन

मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

बिज्ञापन

निर्वाचनमा आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् ।

सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

बिज्ञापन

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेका छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिममा २२८ मतदाता छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु