रवि लामिछाने सँग २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने राय

कास्की – पोखरामा भएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले ६०० पृष्ठको अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिललाई बुझाएको छ। उक्त प्रतिवेदनमा ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बिगो असुल गर्नुपर्ने दाबी गरिएको छ।

बिज्ञापन

मुख्य आरोपी रवि लामिछाने सँग मात्र २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने राय दिइएको छ। लामिछानेविरुद्ध सहकारी ऐनको उल्लंघन र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने राय पनि दिइएको छ। प्रहरीले लामिछानेलाई ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको छ।

बिज्ञापन

हाल, ५१ जनामध्ये ३७ जना फरार छन् भने १४ जना पक्राउ परेका छन्। प्रहरीले ९० दिनको हदम्यादमा अनुसन्धान पुरा गरी चार दिन अघि प्रतिवेदन बुझाएको हो। अब सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दायर गर्ने तयारी गर्दैछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु