मेयर बालेनले राष्ट्रिय सभा निर्वाचनको मतदान नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा चार पदका निम्ति मतदान जारी छ । उपप्रमुख सुनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।

बिज्ञापन

बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् । आज दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि उनी त्यहाँ नजाने सचिवालयले जानकारी गरायो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु