बाबुराम भट्टराईको पार्टी फुट्यो, महिन्द्र राय पक्ष माओवादी केन्द्रमा समाहित हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

बिज्ञापन

माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको संयुक्त बैठकले दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।

बिज्ञापन

बैठक प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षमा बसेको हो । एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने बाइपास गरिएको छ ।

बाबुराम पछिल्लो समय एकता प्रक्रियाको विपक्षमा छन् । उनी बैठकमा समेत सहभागी भएनन् । सहमतिपत्रमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु