दाङमा राप्ती नदिको बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार

दाङमा राप्ती नदिको बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार
दाङमा बाढीमा फसेका एक जना बेपत्ता, दुई जनाको उद्धार
बुटवल । दाङको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदिको बाढीमा फसेका मध्ये दुई जनाको उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
दाङको राजपुर गाउँपालिका–२ का किसान दूध बिक्री गर्न लमही आएर फर्किने क्रममा राप्ती नदिको बाढीमा फसेका थिए । तीन जना सँगै रहे पनि एक जनालाई बाढीले बगाएको, दुई जना सिमलको रुखमा चढेर सुरक्षित बसेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरी बलले उद्धार गरेको थियो । उनीहरूलाई सशस्त्र प्रहरीको ४१ नम्बर रिजर्भ गण अर्जुन खोलाबाट खटिएका सुरक्षाकर्मीले सकुशल उद्धार गरेको हो ।
राजपुर–२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरिएको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले बताए । दूध बिक्री गर्न सँगै गएका १८ वर्षीय राजकुमार यादव भने बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु