डा. सुनिल शर्माको टोलि पुग्यो स्याङ्जाका बस्तिहरुमा निशुल्क उपचार सेवा लिएर

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा स्याङ्जाको पुतलीबजारमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

बिज्ञापन

काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य भ्रमणमा रहेका सांसद शर्माले पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरमा १ हजार ६५० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

बिज्ञापन

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीको सभापतित्व रहेको कार्यक्रमको प्रमुख अथितिमा सांसद डा. शर्मा, विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल पूर्वसभापति (खोटाङ) सुभास पोखरेल, तरुण दल केन्द्रीय सदस्य राजिब लामिछानेलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सांसद डा शर्मासँगै प्रमुख जिल्ला अधिकारी संगिता नेपाल, सुभाष पोखरेल, केएमसीका प्रबन्धक दाहालले मन्तव्य राखेका थिए ।

पछिल्लो समय सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यसअघि पूर्वी रुकुमको रुकुमकोट, बाग्लुङको बडिगाड, पर्वतको विहादीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । बिहीबार तनहुँको भिमादमा शिविर सञ्चालन हुने भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु