टरिगाउँ विमानस्थल र चारलेन सडकबारे नाटकीय कुरा नगर्न प्रधानमन्त्री र अर्थमन्त्रीलाई गिरीकाे चेतावनी

 

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल र चारलेनको सडकमा निर्माणमा भइरहेको सरकारी उपेक्षाप्रति आक्रोश पोखेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले लामो इतिहाँस बोकेको टरिगाउँ विमानस्थल बनाउन पटक पटक आवाज उठाउँदा पनि सरोकारवाला निकायले लापरबाही गरेर ध्यान नदिएको बताए । उनले चारलेन सडकलाई कामचलाउ रुपमा टालटुल गरेर सञ्चालनमा ल्याएको भन्दै जेठ महिनामा टेण्डर हुन्छ भनेको कुरा अहिले एक्जिम बैंकको पत्र आएन भनेर रोकिएको बताए ।उनले भने, ‘टरिगाउँ विमानस्थल नेपालकै एउटा पुरानो विमानस्थल हो । हामी नै बालक थियौँ । काठमाडौं पढ्ने बेला दाङमा ५ वटा डेखुटाहरू उड्थ्यो । नेपाली वायुसेवाको जहाज उड्ने बेला डेखुटा उड्थ्यो ।’

बिज्ञापन

‘दाङको टरिगाउँको एयरपोर्टको बारेमा धेरै कुराहरू गरिरहेको छु । हामी सिरियस र गम्भीर किन छैनौँ ? मैले एयरपोर्टको बारेमा प्रश्न गरेँ । प्रधानमन्त्रीले जवाफ दिनुभयो । जवाफ नाटकीय भयो । हाम्रो टरिगाउँ एयरपोर्टको बारेमा उल्लेख गर्नुभयो वर्षमान पुनजीले । मैले पटक पटक भेट गरेको देख्नु हुन्छ । उहाँले भन्नुभयो । मैले व्यवस्थित रुपमा व्यवस्था गरेको छु भन्ने कुरा पनि गर्नुभयो’, सांसद गिरीले भने ।

उनले भने, ‘मैले सांसदको हैसीयतले । जनप्रतिनिधिको हैसियतले यो सरकारले प्रश्न गर्छु । यो नाटक किन भइरहेको छ । गर्न सकिँदैन भन्न सक्नु प¥यो । हामी गर्दैनौँ ।’

बिज्ञापन

‘दाङको चारलेनको बाटो मेरुदण्ड हो । तुलसीपुर–घोराही–लमही त्यो चारलेन सडकको बाटोको बारेमा तत्कालीन भौतिकपूर्वाधार मन्त्री प्रकाश ज्वालाले जेठको महिनामा टेण्डर हुन्छ भन्ने जवाफ दिनुभयो । यो बजेटमा पनि केही उल्लेख भएन । अहिले एक्जिट बैंकको पत्र आएको छैन भनिएको छ’, सांसद गिरीले भने ।

‘अहिले हामीले टालटुलको अवस्थामा तुलसीपुर–घोराही–लमही सडक चार लाइन बाटो बनाएको अवस्था हो’, उनले भने ।‘यसरी जनप्रतिनिधिलाई छल्ने । ठग्ने । यहाँ त केही हुन पाउँदैन । अर्थमन्त्रीलाई मैले सोधे, बजेट कति दिनुभएको छ भनेको म बुझेर भन्छु भन्नुभयो । उहाँ छापामा आउँछ दाङमा प्रचण्डजीको फोटोसहित अर्को फोटोसहित मैले गरेर मेरो प्रभावमा यति करोड आइसक्यो भन्ने चर्चा परिचर्चा गरिन्छ । यस्ता कुरामा सरकार गम्भीर होस्’, सांसद गिरीले भने ।

बिचौलियाहरूले बजेट ल्याएको छु भनेर दाङमा प्रचार प्रसा गरेकोमा सांसद गिरीले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु