केएमसीमा हुने भयो सबै भन्दा सस्तोमा मिर्गौला प्रत्यारोपण

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीले नेपालमै सबैभन्दा सस्तो र सुलभ मूल्यमा गुणस्तरीय मृर्गौला प्रत्यारोपण गर्ने प्रतिबद्धता गरेको छ ।

बिज्ञापन

केएमसीमा प्रत्यारोपण गर्दा छ लाख ५५ हजार रुपैयाँमात्र खर्च हुने पनि अस्पतालले जनाएको छ । जसमा अस्पतालमा प्रवेश गरेदेखि लाग्ने औषधि एटीजी, शल्यक्रिया खर्च, अस्पतालमा लाग्ने खर्च र ल्याब खर्च सबै जोडिएको पनि अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

बिज्ञापन

उनले नेपालमै सबैभन्दा सस्तो र उच्चस्तरीय मृगौला प्रत्यारोपण केएमसीमै हुने दाबी गरे ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट युरोलोजिष्ट तथा किड्नी ट्रान्सप्लान्ट सर्जन डा. विजयमान सिंह कटवाल र सिनियर कन्सल्ट्यान्ट नेफ्रोलोजिष्ट तथा किड्नी ट्रान्सप्लान्ट फिजिसियन डा. सुरेश महर्जनको टोलीले शल्यक्रिया गर्ने पनि अस्पतालले जनाएको छ ।

बिज्ञापन

दुवै चिकित्सकहरु आफ्नो क्षेत्रका वरिष्ठ विज्ञ हुन् ।

सांसद डा. सुनीलकुमार शर्माले केएमसी सम्हालेपछि अस्पतालले संस्थापन सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै सो बखतमा शल्यक्रिया गर्नुपर्ने पत्तो लागेका बिरामीको पनि निःशुल्क नै शल्यक्रिया गर्ने गरेको छ ।

अस्पतालले बिरामीलाई बढी भन्दा बढी सुविधा दिएर बाँच्न पाउने अधिकारलाई प्रत्याभूति दिलाउने गरी कम खर्चमा सेवा दिइरहेको बताएको छ ।

सोही क्रममा यो मृगौला प्रत्यारोपण पनि एक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु