काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

काठमाडौं ।
सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको हो ।

बिज्ञापन

महानगरको स्वास्थ्य बिभागका कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै मेयर बालेन साहले सचिव अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुभएको थियो ।
सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु