कर्णाली संगठन सुदृढ यात्रामा रहेका कांग्रेस नेता शाहीलाई डोल्पामा भव्य स्वागत

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाही कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्राका लागि डोल्पा पुगेका छन् ।

बिज्ञापन

पार्टीलाई बलियो र गतिशील बनाउने अभियानका साथ कर्णालीको यात्रामा निस्किएका शाहीलाई डोल्पा पुग्दा भव्य स्वागत समेत गरिएको थियो ।

बिज्ञापन

सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई मंगलबार डोल्पा पुग्दा त्यहाँका कार्यबाहक पार्टी सभापति पुर्ण शाही, महासमिति सदस्य जयस उपाध्याय, महासमिति सदस्य राजिमान कार्की, महाधिवेशन प्रतिनिधि देविकृण उपाध्याय लगायतका डोल्पाली कांग्रेस नेता तथा कार्यकताहरुले भव्य रुपमा स्वागत गरेका थिए ।

शुक्रबारबाट सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात गरेका नेता शाहीले कांग्रेसको गौरबशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यो यात्रा केन्द्रीत रहेको बताए । अभियानको सुरुवागत गरेको सल्यान जिल्लामा नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर बिष्ट, उपसभापति एवं कुसे गाँउपालिका उपाध्यक्ष देविका सिंह लगायतको टोलीले जिल्लाका चार वटा स्थानिय तहसम्म पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सल्यान, रुकुमपश्चिम हुँदा डोल्पा पुगेका कांग्रेस नेता शाहीले कर्णालीको समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेश र मुलुकमा कांग्रेसकै सरकार निर्माण गर्ने गरी जनमत निर्माण जरुरी रहेको बताए ।

बिज्ञापन

यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखी युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट, अन्तरक्रिया गरी पार्टीमा नयाँ उर्जा र भरोशा थपिने उनले बताए । उनले भने, ‘यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ । प्रायः सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाँउ केन्द्रीत हुन्छन् । तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो दायित्व बोध गरी संगठन सुदृढ अभियान थालेको हुँ । यो कुनै बिचार समुहमा केन्द्रीत होईन, सिंगो पार्टी र आम नागरिकहरुलाई राजनीतिप्रतिको आशा देखाउनु पनि हो ।’

 

May be an image of 5 people and people smilingMay be an image of 3 people, people smiling and lighting

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु