इलाम-२ मा १५ सय बढी मत गणना गर्दा एकीकृत समाजवादीको मत शून्य

 

बिज्ञापन

इलाम–२ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।

बिज्ञापन

सुरूआती मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका छन्।

१ हजार ५२१ सदर मतमा उनले ६५७ मत प्राप्त गरेका छन्।

बिज्ञापन

नेकपा (एमाले) का सुहाङ लिम्बूले ५३४ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङ लिम्बूले ११५ मत प्राप्त गरेका छन्।

१९ जना उम्मेदवारमध्ये एकीकृत समाजवादीका जीतबहादुर राईसहित पाँच जना उम्मेदवारले शून्य मत प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरूङले ४ मत प्राप्त गरेका छन्। जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु