आजको मौसम पूर्वानुमान : तीन प्रदेशमा हिमपातको सम्भावना

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । सोही कारण आज बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

बाँकी भू–भागमा मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

बिज्ञापन

देशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

बिज्ञापन

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु