आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा मनाइयो

आज ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रम भव्यताका साथ मनाईएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँ र नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौँको आयोजनामा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौँमा आयोजना गरि मनाईएको छ ।

बिज्ञापन

सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रुपमा परापूर्वकालदेखिनै ब्याख्या गरिदैं आएको छ, भारत र चीनसंग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरु छन् ।

बिज्ञापन

विहानै उठ्ने वित्तिकै हामीले चिया खाने कपहरु, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात कचौराहरु, चम्चाहरु, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरु, लत्ताकपडाहरु अनि प्रयोग गरिने मोबाईल लगायत कम्प्यूटरहरु यिनै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । यसअर्थमा हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरुको सरल अनि सहज आपूर्तिकालागि भन्सारको ठूलो महत्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरु लगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरु अनि हाम्रो भान्साकोठामा भएका प्रत्येक चिम्टि नुन समेत भन्सारकै नाका भएर आएको हो ।

नेपाल एउटा भूपरिवेष्ठित देश भएकाले हामी नेपालीहरुकालागि भन्सारको महत्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरुमा आयात या निर्यात गरिने सामानहरुको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाईन्छ र मापदण्ड अनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रुपमा देशले विकास निर्माण, सुरक्षा आदि अनेक देशहितमा सरोकार राख्ने गतिविधिहरूकालागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरु चाहे ती बाटो, स्कूल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरु अनि विकासका अन्य मापदन्डप्रति सरकारको लगानीहरुमा धेरैजसोका श्रोतहरु यिनै राजश्व नै हुन् । चीनसंगका भन्सार नाकाहरुहुँदै या भारतसंगका नाका हुँदै ठूला ठूला मालवाहक गाडीमा आउने सामानहरु हाम्रा जीवनरेखाकारुपमा रहेका छन् । आज आयोजित सकार्यक्रममा भन्सार एजेन्ट संघका अध्यक्ष गौतम भट्टले स्वागत मन्तव्य राख्दै विभिन्न समस्याहरु औल्याएका छन् । भन्सार कार्यालयमा रहेर काम गर्दा हुने विभिन्न समस्याहरु सुनाउदै सानमाधानका उपाया समेत सुझाएकाछन् ।
के हो भन्सार दिवस ?
हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाईन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरीक उत्प्रेरणत्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाईन्छ ।

बिज्ञापन

भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठूलो अपराध हो, वस्तु तथा सेवाको कानूनतः आपूर्ति गर्नकालागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाई हुन्छ ।

 

आयात अनि निर्यातकालागि चीन र भारत दुबै देशसंग ब्यापार सम्झौतागरि नेपाल सरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभसरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् । एकमात्र अन्तराष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानीक अनि सहज बनाउँदै सहज आयात, निर्यातको ब्यवस्था गर्न सकोस् । राष्ट्रसेवकहरुको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्यूटर प्रविधीबाट सहज अनि सरल बनाईएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरु नेपालमा अझै पनि अधिकांशरुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भईरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् । भन्सार दिवसको शुभकामना ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु