असहायको सहारा बन्दै डा.सुनिल शर्मा : एकै दिनमा २० जनाको निशुल्क उपचार

काठमाडाैं- शिविरबाट रेफर भएर आएका २० बिरामीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा निःशुल्क शल्यक्रिया भएको छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माको सहयोगमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट रेफर भएका बिरामीको उपचार तथा शल्यक्रिया भइरहेको हो।

बिज्ञापन

आजसम्म २० जना बिरामीकोे उपचार र शल्यक्रिया निःशुल्क भएको नेविसंघ केन्द्रीय सदस्य ई.भुवन भट्टले बताए । शिविरबाट थप उपचार तथा शल्यक्रियाका लागि रेफर गरिएका बिरामिको निःशुल्क उपचारका लागि सहयोग र समन्वय नेविसंघ डडेल्धुराका सभापति पवन ऐर र सदस्य भट्टले गरिरहेका छन्।

बिज्ञापन

दुर्गम गाउँका जनतालाई स्वास्थ चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस् भन्ने हेतुले सहयोग गरिरहेको डा.सुनिल शर्माले बताए ।

उनले दुर्गम ठाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाइरहेको र त्यहाँबाट रेफर भएका बिरामीको उपचार तथा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको उनले बताए । ‘राजनीतिलाई समाजसेवा र नितान्त जनसेवामा केन्द्रीत गराउनुपर्छ भन्ने मेरो उद्देश्य हो । गाउँका जनतालाई केन्द्रमा राखेर राज्यले नीति बनाउनुपर्छ’ उनले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु