दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । गाउँपालिकाका सातवटै वडाका कृषकलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन […]

गलेश्वर । सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । नगरप्रमुख केसीले सङ्गीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो […]

तुलसीपुर, (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताउनुभयो । दीपकको उपचारका […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्यातिषी सुरेशचन्द्र रिजालले जबरजस्ती करणीको अभियोगमा दोषी ठहर भई ८ वर्षको कैद सजाय पाएका क्रिकेट सन्दीप लामिछानेको फैसला उल्टिने दाबी गरेका छन् । लामिछानेविरुद्धको मुद्दाको आज उच्च अदालत पाटनले फैसला सुनाउँदै छ । ज्योतिषी रिजालले लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् […]

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मुटुको रोगलगायतका समस्यामा रहँदै आउनुभएको थियो । दिवंगत नेपालले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गर्नुभएको थियो ।

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन । आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन […]

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ । आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा […]

 आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिनुभएको छ । महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न […]

एजेन्सी । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुन ‘पुष्पा २’ लाई लिएर चर्चामा छन् । हालै यो चलचित्रको पहिलो गीत रिलिज भएको छ, जसमा अभिनेताको ‘स्वाग’ले मानिसको मन जितेको छ । यस फिल्मको चर्चाबीच अल्लु अर्जुनको बारेमा एउटा नराम्रो खबर बाहिर आएको छ । आन्ध्र प्रदेश प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । लोकसभा […]

रामपुर । पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो । रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का नौ परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले राहत वितरण गरिएको हो । यही वैशाख […]