उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ सकेपछि उक्त प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो । इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी प्रकरणमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमै दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय […]

 नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले झोलुङ्गे पुलका लट्ठा चुँडिदा १४ वटा खच्चर पुलमै अड्किएको विषयलाई चासोका रुपमा लिएका छन् उनले पुलको लट्ठा फेर्न नसक्ने सरकारले देशको मुहार फेर्छु भन्दै हिँडिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्ड सरकारका कुरा नेपाली जनताले आखिर कहिलेसम्म पत्याउने भन्दै पश्न समेत गरेका छन् । […]

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गर्नुभएको छ। प्रधानमन्त्रीले आयोजना गर्नुभएको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो। उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले […]

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल–जवाफका क्रममा ओलीले बालेनले गिरीबन्धुमा आफूलाई गर्न खोजेको घेराबन्दी झिंगाले भैंसीलाई लात्ती हाने जस्तै भएको टिप्पणी गरे । गिरीबन्धु प्रकरणमा आफूबारे बालेनले गरेको टिप्पणीलाई लिएर ओलीले […]

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टि स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भनि गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानविन गर्न चुनौती दिनुभएको हो । उहाँले गिरिबन्धुको अनुसन्धान […]

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आज यहाँ आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त […]

 काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बजेट निर्माणमा उदासि नभएसम्म बजेट काम लाग्ने डकुमेण्ट नबन्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । महामन्त्री थापाले मुलुकको कार्यकारी प्रधानमन्त्रीले बजेट निर्माणको विषयमा चासो र संलग्न भएको नपाएको बताउनु भयो । उहाँले […]

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज बस्दैछ । सभामुख देबराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक बस्न लागेको सभामुख सचिवालयले जनाएको छ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न  एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिमा एमालेकी […]

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषय आज पनि संसदमा उठाएका छन् । बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रमुख सचेतक शाहीले टी–२० विश्वकपमा लामिछानेको ठुलो आवश्यकता महसुस भएको भन्दै भिसा नदिएकोबारे अमेरिकी राजदूतसँग प्रस्टीकरण सोध्नुपर्ने बताए । ‘नेपालले हिजो १० वर्षपछि […]

काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ। सोमबार बिहान एसका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए […]