काठमाडौँ,  माघ ९ गते । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान  सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ ।प्रजातन्त्र सेनानी  स्वर्गीय गोबद्र्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बन्नुभएको थियो […]

१५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा जाहेरी परेको अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न सुर्खेत प्रहरीले जिल्ला अदालतबाट शुक्रबार पक्राउ अनुमति पाएको छ।   किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका पंचा सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, […]

  काठमाडौँ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईका साथसाथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले झिकाएको छ । उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए । जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब […]

  काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका हुन् । उच्चको आदेशले नौजना यस मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने ११ जनाको हकमा […]

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरे । अध्यक्ष […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन्। युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड विहान काठमाडौं अवतरण गर्नेछन्। युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरिसकेका छन्। सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

काठमाडौँ — सहकारीको रकम घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेलाई कारबाही माग गर्दै नेविसंघले राँको जुलुससहित उनको पुतला जलाएका छ्न । नेविसंघले शनिबार राति ९:१५ बजे बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस संसद् भवन सडक खण्ड अगाडि सहकारी ठगिमा मुछिएका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध मसाल जुसुलसहित पुतला दहन गरेको हो । […]

काठमाडौँ । नेपाल विद्यार्थी संघले सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरूलाई कडा कारबाही गर्न सहकारी विभाग माग गरेको छ । नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कारबाहीको माग गरेको हो । नेविसंघले सहकारी विभाग अगाडी उजुरी दर्ता गरे सँगै विभिन्न नाराहरू सहित प्रदर्शन समेत गरेको थियो । नेविसंघले सहकारी […]

६ माघ,काठमाडौं। राष्ट्रिय सभा चुनावको प्रचार प्रसारका लागि नेपाली कांग्रेसको प्रदेशस्तरमा जाने भएको छ । कांग्रेसले गठन गरेको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको शनिबार बसेको बैठकले निर्वाचनका लागि समन्वय र सहजीकरण गर्नका लागि विभिन्न प्रदेशमा जाने निर्णय गरेको सचिव केशवराज जोशीले जानकारी दिए । केन्द्रीय समन्वय समितिका संयोजक नेता रमेश लेखकको अध्यक्षताम बसेको बैठकमा ११ […]

शिखर सम्मेलनमा दिएको वक्तव्यमा पनि मैले शान्तिका दूत गौतमबुद्धको देशबाट शान्तिका निम्ति अपिल गर्न आएको छु भनेको थिएँ । जहाँजहाँ युद्ध भएको छ, त्यहाँ वार्ता र संवादका माध्यमबाट शान्तिमा रुपान्तरण गर्नुपर्छ । गौतमबुद्ध जन्मेको देश हुनुका नाताले शान्तिको निम्ति पहल र अपिल गर्ने नेपालको ठूलो जिम्मेवारी छ । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका अध्यक्षले पनि महत्त्वपूर्ण […]