राजनीति
नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो केही समययता तारन्तार भेटघाट गरिरहेका छन् । कांग्रेसबाट सरकारको प्रभावकारी सञ्चालनमा भएको असहयोग र गठबन्धनको विरोधका बीच प्रचण्ड र ओलीबीच नियमित ढंगले अर्थपूर्ण भेट भइरहेका हुन् । कांग्रेसलाई दबाब दिन मात्रै भन्दा पनि भावी समीकरणको तयारीस्वरूप दुई नेताबीच भेटघाट भइरहेको […]
नेपाली कांग्रेसको गोदावरीमा महासमिति बैठक चलिरहेको छ। ७ गते देखी १० गते सम्म चलिरहेको महासमितिमा व्यापक छलफल भईरहेको छ। कांग्रेसमा सनातन हिन्दु राष्ट्र,गठबन्धन लगाएतका बिषयमा अत्यधिक धुर्बिकरण हुँदैछ। महासमिति सदस्य विनोद शाही ठकुरीका अनुसार महासमिति बैठकमा विभिन्न एजेन्डामा छलफल भएको बताए। म युवा हुँ युवाको प्रतिनिधित्व गर्दै कांग्रेस पार्टी सुधार पार्टिमा युवाहरूलाई आकर्षण गर्न यथास्थितिले […]
नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्नेमा चर्को बहस छ । तर जनताको मुद्दाले प्राथमिकता पाउन सकेका छैनन् । अहिले विभिन्न क्षेत्रका जनता न्याय माग्दै सडकमा उत्रिएका छन् । २३ दिनको पैदलयात्रापछि पूर्व र पश्चिमबाट मिटरब्याजपीडित काठमाडौं आएका छन् । सहकारी पीडितले सहकारी विभागमा धर्ना जारी राखेका छन् । लघुवित्तपीडितको अवस्था उस्तै […]
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। सोमवार नेपाली काँग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरूसम्मका सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताएका हुन्। उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे। उनले क्रोनी […]
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी देखाएका मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गर्नुभएको हो । बालकुमारी घटनामा मन्त्री ज्वालालाई […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च सधैँ खुल्लै रहनुपर्ने बताएका छन्। पछिल्लो समय महानगरले खुलामञ्च मासेर फुटबल मैदान बनाउन खोजेको समाचार आइरहेका बेला उनले यसबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्। ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनु पर्छ। त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई ‘सहकारी तथा लघुवित्त संस्थाको संकट, समाधानका उपाय र योजना’ समेटिएको प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीले सुझावपत्र बुझाएको हो। सुझावपत्र बुझ्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफैं […]
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् । कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस […]
काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ । यसअघि फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएपनि हाल बिदा कायम नरहेको प्रष्टीकरण दिएको हो । प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाको आधारमा मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षा परिषद्को बार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैं चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो […]