काठमाडाैं- शिविरबाट रेफर भएर आएका २० बिरामीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा निःशुल्क शल्यक्रिया भएको छ । काँग्रेस नेता समेत रहेका डा.सुनिल शर्माको सहयोगमा माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट रेफर भएका बिरामीको उपचार तथा शल्यक्रिया भइरहेको हो। आजसम्म २० जना बिरामीकोे उपचार र शल्यक्रिया निःशुल्क भएको नेविसंघ केन्द्रीय सदस्य ई.भुवन भट्टले बताए […]

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए । उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर […]

काठमाडौँ । नेपाली कांग्रेको महासमिति बैठक आघि साँझ सकिएको छ । यही फागुन ७ गतेबाट सुरु भएको महासमितिको बैठक केही प्रस्तावहरुलाई परिमार्जनसहित पारित गर्दै आजै सम्पन्न भएको हो । यो बैठक समापन अघि त्यहाँ नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने भन्ने प्रस्तावले प्रवेश पाएको छ । सो प्रस्तावले प्रवेश पाउला नपाउला भन्ने विविध अड्कलबाजी तथा कौतुहलताका […]

काठमाडौं । चार पटक स्थगित भएर र संस्थापन पक्षले नचाहँदा नचाहँदै बसेको कांग्रेस महासमिति बैठक अलमलमै सकिएको छ । कांग्रेसको आगामी नीति तय गर्ने भनिए पनि महासमितिले त्यस्तो कुनै नयाँ काम गर्न सकेन । महासमिति बैठकले पार्टी संगठन निर्माण, संविधान संशोधन र सरकारको कामकारबाहीबारे कुनै पनि निर्णय लिन सकेन । उल्टै विषयलाई गिजोल्ने काम मात्र […]

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य भुपेन्द्रजङ शाहीले महासमिति बैठक आम नागरिकको जल्दाबल्दा मुद्दामा स्पष्ट सन्देश दिनबाट चुकेको टिप्पणी गरेका छन् । धेरैपछि आयोजना भएको महासमितिको बैठक शान्तिपूर्बक सम्पन्न गर्नु नै बैठकको उपलब्धि देखिएको उनले बताए । महासमिति सदस्यहरुको भावना विपरित वर्तमान गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय भएको उनको भनाइ छ […]

काठमाडौं । बालकुमारी घटनामा ‘दोषी’ किटान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकता प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेपिरहेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा एमाले, रास्वपालगायतका राजनीतिक दलले दोषी किटान गरिएका मन्त्रीलाई किन बर्खास्त नगरेको भन्दै सदन अवरोधको चेतावनी दिए । त्यसपछि सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको […]

तुलसीपुर, १० फागुन । दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो, ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन् । त्यस्तै २९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ […]

नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो केही समययता तारन्तार भेटघाट गरिरहेका छन् । कांग्रेसबाट सरकारको प्रभावकारी सञ्चालनमा भएको असहयोग र गठबन्धनको विरोधका बीच प्रचण्ड र ओलीबीच नियमित ढंगले अर्थपूर्ण भेट भइरहेका हुन् । कांग्रेसलाई दबाब दिन मात्रै भन्दा पनि भावी समीकरणको तयारीस्वरूप दुई नेताबीच भेटघाट भइरहेको […]

नेपाली कांग्रेसको गोदावरीमा महासमिति बैठक चलिरहेको छ। ७ गते देखी १० गते सम्म चलिरहेको महासमितिमा व्यापक छलफल भईरहेको छ। कांग्रेसमा सनातन हिन्दु राष्ट्र,गठबन्धन लगाएतका बिषयमा अत्यधिक धुर्बिकरण हुँदैछ। महासमिति सदस्य विनोद शाही ठकुरीका अनुसार महासमिति बैठकमा विभिन्न एजेन्डामा छलफल भएको बताए। म युवा हुँ युवाको प्रतिनिधित्व गर्दै कांग्रेस पार्टी सुधार पार्टिमा युवाहरूलाई आकर्षण गर्न यथास्थितिले […]

नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्नेमा चर्को बहस छ । तर जनताको मुद्दाले प्राथमिकता पाउन सकेका छैनन् । अहिले विभिन्न क्षेत्रका जनता न्याय माग्दै सडकमा उत्रिएका छन् । २३ दिनको पैदलयात्रापछि पूर्व र पश्चिमबाट मिटरब्याजपीडित काठमाडौं आएका छन् । सहकारी पीडितले सहकारी विभागमा धर्ना जारी राखेका छन् । लघुवित्तपीडितको अवस्था उस्तै […]