काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्न शीतलनिवास जाँदैछन् । उनी केहीबेरमै शीतलनिवास जाने तयारी गरिएको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने विषयमा जानकारी गराउने तयारी रहेको स्रोतले जानकारी दियो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आफूले चढ्ने सरकारी गाडीमा राखिएको राष्ट्रिय झन्डा छोपेर बूढानीलकण्ठबाट बाहिरिएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि उनी झन्डा छोपेर बाहिरिएका हुन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (एमाले)सहितका दलको नयाँ गठबन्धन बनेको […]

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने तयारी गरेको छ । आजै नयाँ मन्त्रीमण्डल बनेमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना रहेको स्रोतले जनाएको छ । आईतबार भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसमा […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले पीडितलाई दिइने परिपूरणलाई पैसामा मात्रै तुलना गर्नु नहुने बताएका छन् ।   आइतबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताए । उनले द्वन्द्वपीडितका परिवारलाई शिक्षा दिने कानूनी व्यवस्था नै गर्नुपर्ने बताए । उनले परिवारका सदस्यलाई उचित शिक्षा दिन सकेमा पैसा भन्दा त्यही ठूलो हुने […]

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिएको छ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । जसअनुसार आज २० जना सदस्यहरूको पदावधि सकिएको हो । आजबाट पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार […]

काठमाडौं । संघीय राजधानी काठमाडौंकै संसद् भवन र देशको प्रशासकीय केन्द्र सिंहदरबारबाहिर अहिले डोरी बाँधेर सर्वसाधारणलाई हिँड्नमा रोक लगाइएको छ । संसद् भवन र सिंहदरबार नागरिकबाटै सुरक्षित नभएको निष्कर्ष निकाल्दै सरकारी निकायले यस्तो ‘नाटक मञ्चन’ गरेको छ ।  सुरक्षा निकायलाई लागेको हुन सक्छ– डोरी टाँगेर सर्वसाधारणलाई हिँड्नमा रोक लगाएपछि आफूले ड्युटी गर्नै पर्दैन । कारण […]

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रमा गठबन्धनको विकल्पसम्मका विषयमा छलफल हुन थालेको छ । नेपाली कांग्रेसले महासमिति बैठकमार्फत आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय लिएपछि झस्किएको माओवादी केन्द्र अब अहिलेदेखि नै विकल्प खोज्नुपर्ने बहसमा छ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा गठबन्धनको विकल्पबारे पनि छलफल सुरु भएको हो । माओवादी केन्द्रको स्थायी समितिको बैठक आज […]

काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको अन्तिम संस्कार पशुपतिस्थिति आर्यघाटमा गरिएको छ । उहाँलाई राजकीय सम्मानसहित अन्मिम विदाई गरिएको छ । स्वर्गीय भक्तराजको विदाईका क्रममा उहाका छोराहरु स्वरुपराज र सत्यराजसहित अन्य कलाकारहरुले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर भावपूर्ण विदाइ गरेका छन् । भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका […]

काठमाडौं । तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । सबै तत्कालीन बैंकका कर्मचारी भएको प्रहरी स्रोतले जनाएको छ । सेन्चुरी बैंकबाट ऋण प्रवाह गर्दा अनियमितताको आरोप उनीहरुमाथि लागेको छ । पक्राउ पर्नेमा तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, मनोज न्यौपाने, दिलीप बराल, दिपेश प्रधान, […]

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् । मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा बारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् । राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला […]