काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलहरुबिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको हो । सहमित पत्रमा जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक […]

काठमाडौँ । संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले, माओवादी र एकीकृत समाजवादीको बैठकमा लिखित सहमति भएको छ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठकमा लिखित सहमति भएको  प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको उनले बताए । यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा […]

नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक   काठमाडौं । नेपाली काङ्ग्रेसको आधिकारिक फेसबुक पेज ह्याक भएको पाइएको छ । भेरिफाइड मार्क भएको काङ्ग्रेसको फेसबुक पेज बुधबारदेखि ह्याकरकाे कब्जामा पुगेको हो । यो समाचार तयार पार्दा करिब १४ घण्टा अगाडि पेजको स्टोरीमा असान्दर्भिक पोस्ट शेयर गरिएको देख्न सकिन्छ । सो स्टोरीमा ‘फतिमा एरियाज फ्यान्स’ नामको पेजमा पोस्ट भएको […]

  विराटनगर। नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले गठबन्धन टुट्नु पार्टीका लागि वरदान भएको बताउँदै खुसी व्यक्त गरेका छन् । कसैको आशीर्वादमा गठबन्धन टुटेको उनको सङ्केत थियो । विहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने भन्दै गठबन्धन टुट्नु आफ्नो लागि खुसीको कुरा भएको बताए । उनले कांग्रेस सधैँ एक्लै […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासमीकरण परिवर्तन भएका विषयमा प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेका छन् । बिहीबार संसद् बैठकमा उनले प्रधानमन्त्रीको पद जोगाउन अप्ठ्यारो नहुँदा पनि गठबन्धन फेरिएको बताए । “म कुनै समस्या वा अप्ठ्यारोमा थिइनँ  । न मेरा प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मेराबीच अविश्वास पनि केही पनि […]

, काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार ‘सिट संख्या लगभग टुंगिएको छ, अन्य दलसँग छलफल गरेर सबै मन्त्रालयको टुंगो गर्ने भन्ने छ,’ एक नेताले भने, ‘मन्त्रालयको जिम्मेवारी बाँडफाँट भने सरकारमा सहभागी हुने […]

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ । वामपन्थी एकताको पक्षमा वकालत गर्दै आउनुभएका उहाँले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गर्नुभएको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सम्मानित नेता खनालले एमालेसँग एकता […]

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

काठमाडौं ।कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । प्रदेश सरकारको नेतृत्वमा आलोपालोको सहमति भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । एमालेले तीन र माओवादीले दुई वटा प्रदेशको नेतृत्व लिनेबारे छलफल भएको उनले बताए । बाँकी दुई प्रदेशको नेतृत्वको लागि भने गठबन्धनका अन्य दललाई दिने […]