गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले सेतोपाटीलाई जानकारी दिए। मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो। […]

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दलले मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएर मात्र राजीनामा दिने निष्कर्ष निकालेको छ। मंगलबार एमाले र माओवादीबीच पटकपटक भएको छलफल निष्कर्षविहीन भएको छ। माओवादीले यही अडान राखेपछि एमालेले आफ्नो निर्णय गर्न सकेको छैन। माओवादीको कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिं परियारले राजनीतिक सन्तुलन मिलाउनका लागि पनि मुख्यमन्त्रीले विश्वासको मत […]

काठमाडौँ । प्रहरीले माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई पक्राउ गरेको छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार ठमेलबाट नियन्त्रणमा लिएको हो । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर खाम १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख […]

माओवादी केन्द्रका नेता कालीबहादुर खाम फक्राउ परेका छन्। खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। खाम कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए। यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका लडाकू कमाण्डर गोविन्दबहादुर बटाला भने अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए स्रोत : Nepal live

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुसिएको बारेमा सञ्चारकर्मीहरूको […]

यो धर्तीमा जन्मेपछि एकपटक मर्नुपर्छ । यो धु्रव सत्य हो । तर मरेर पनि देश भक्तिखातिर राष्ट्रिय स्वाभिमानको लागि मरिमेट्ने वीर पुरुषहरु मरेर पनि नेपाली इतिहासमा बाँचिरहेका हुन्छन् । यस्तै महान् व्यक्तित्वहरु मध्येका एक थिए– मरिचमान सिंह श्रेष्ठ । मध्य पहाडी जिल्ला सल्यानको एउटा गरिब परिवारमा जन्मेका उनको बाल्यकालमा पनि छरछिमेकीहरुबाट निकै अपमान सहनुपरेको उनका […]

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभएको छ । बागमती प्रदेशसभामा उहाँले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गर्नुभएको हो । एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकामा उहाँलाई सत्ता गठबन्धन दल एमालेका २७, माओवादीको […]

काठमाडौं : चीनको नौ दिने औपचारिक भ्रमण सकेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किँदै छन्। उपप्रधानमन्त्री श्रेष्ठ बिहान ११ बजे छेन्दुबाट सिचुवान एयरलाइन्सको बी-६४२२ विमानबाट स्वेदश फर्किने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भ्रमणमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष वाङ हुनिन, चिनिया समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। बेइजिङमा रहँदा श्रेष्ठले नेपाली दूतावासमा […]

काठमाडौं । सभामुख देवराज घिमिरे स्वीजरल्यान्ड भ्रमणमा गएपछि १० दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११ बजेका लागि बोलाइएको बैठकलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहज सञ्चालन गर्न दिन्छ कि दिँदैन भन्ने अझै अन्योल छ । सभामुख घिमिरे र प्रमुख दलका सचेतकहरुबीच हिजो भएको छलफलमा अब चार दिन लगातार प्रतिनिधि सभा बैठक […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुग्नुभएको छ । शान्ति प्रक्रिया र संवैधानिक परिषद्को बिषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले ओली र देउवालाई बोलाउनुभएको हो । नयाँ सत्ता समीकरण बनेपछि अध्यक्ष ओली र सभापति देउवा एकै साथ पहिलो पटक बालुवाटार पुग्नुभएको […]