राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरामा जाँदा विरोध प्रदर्शन भएको छ । अरू बेलामा भव्य स्वागत हुने पोखरामा आज भने ठुलो समूहले कालो झण्डा देखाएका छन् । उनीहरु सहकारी पीडितहरू हुन् । रवि पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुने आएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएपछि प्रहरीले […]

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै गरेको भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण रहेको बताउनुभएको छ । उहाँले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आज आफ्ना धारणा राख्दै भारत भ्रमण सद्भावना भ्रमण रहेको तर आफूले नेपालको हित र चासोका सबै विषयहरु वार्ताका क्रममा राखेको बताउनुभएको हो । उहाँले भारतका विदेशमन्त्री डा एस जयशङ्करको […]

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उहाँको निमन्त्रणामा सोमबार नेपाल आउनुभएका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच आज यहाँ द्विपक्षीय वार्ता भएको छ । उहाँहरुबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । त्यस वार्तामा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरु, लगानी, […]

हाल भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपाली कांग्रेस जन सम्पर्क समिति, भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरुले आज बिहान परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गर्नुभएको हो । सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ। मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष पुनले सम्झौतामा हस्ताक्षर […]

स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए । दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि […]

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभएको छ । सो भेटका क्रममा नेपाल भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको थियो । मन्त्री डा राणाले आजै भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको […]

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस.जयशङ्करबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । आज दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा राणालाई स्वागत गर्नुभएको थियो । सो भेटका क्रममा उहाँहरुबीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग […]

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री […]

काठमाडौँ, २८ साउन ः परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरुका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनाहरु लगायतका विविध विषयमा छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा राणाले नेपाल भारत ‘एयर […]