काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख घिमिरेले विचाराधीन विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा सदनप्रति वितृष्णा फैलिएको बताउनुभएका सभामुखको सचिवालयले जनाएको छ । संसद् सञ्चालन भए केही […]

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्वाध रुपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा उहाँले दलहरुबीच सहमति नहुँदा आगामी बैठक प्रभावित हुने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभएको थियो । सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु […]

काठमाडौँ । प्रहरीले सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो । फरार रहेका राईको राहदानीलाई ‘कालोसूची’ मै राखिएको छ । राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी समेत भएको छ । तर, […]

काठमाडौँ– रामेछाप जिल्ला दोराम्बा शैलुङ्ग गाउपालिका–७ का आगलागी पिडितलाई समाजसेवी युवा व्यावसायिक नेपाल तरुण दल जिल्ला कार्यसमिति सहसचिव खड्क बहादुर लामा (रेशम) ले आर्थिक सहयोग गरेका छन् । आगलागीबाट घर पुर्ण रुपमा क्षति भएका छेवाङ नाम्गेल तामाङलाई रेशमले गाँस बासको व्यवस्थाका लागि केहि नदग आर्थिक सहयोग गरेका हुन् । सो सहयोग हस्तान्तरणमा नेपाली काग्रेसका युवा […]

काठमाडौँ । जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने भएको छ । जसपाले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ । जसपा स्रोतका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादव स्वास्थ्यमन्त्री, हसिना स्वास्थ्य राज्यमन्त्री नियुक्त हुने स्रोत बताउँछ । झाको हकमा भने […]

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको बजेट अधिवेशनको यो बैठक आज दिउँसो १ बस्ने बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको थियो । आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले […]

काठमाण्डौं । बैशाख ३० । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहितको तारकेश्वरका जनप्रतिनिधिले चुनावमा प्रतिबद्धता व्यक्त गरेको शुद्ध पानी सहितको एक घर एक धारा अभियान तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीबाट सुरु भएको छ । बषौं देखि पिउने पानीको अभाव खेपीरहेका तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीलाई प्राथमीकतामा राखेर नगरपालिकाले गतबर्ष चीनीयाँ प्रोजेक्टसंगको सहकार्यमा […]

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका सीईओले तलब नपाएपछि जागिर छाडेका छन् । उनका सीईओ हेमन्त बरालले जागिर छाडेका हुन् । उनी निकट स्रोतका अनुसार उनले तलब नपाएपछि बाध्य भएर जागिर छाडेका हुन् । रविले चितवन २ रहेको कार्यालयमा राखिएका विदेशबाट आएका सीईओ बरालले तलब नपाएपछि राजीनामा दिएर […]

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादीका दुई मन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् । आजै नेकपा एमालेका मन्त्रीहरुले पनि राजीनामा दिने तयारीमा छन् ।

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न माग गरेका छन्। गिरीबन्धु टि-इस्टेटको जग्गा प्रकरणमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि मेयर बालेनले स्टाटस लेखेर कारवाही माग गरेका हुन्। त्यस्तै, उनले गिरिबन्धु टि स्टेको ३४४ विघा जग्ग साटफेर गर्न दिने निर्णय ओली सरकारले गरेको थियो। सो निर्णयविरुद्ध […]