छिमेक लघुवित्तको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा दिपकनिधि तिवारी नियुक्त भएका छन्। सञ्चालक समितिको २९९ औं बैठककले सोही वित्तीय संस्थामा कार्यरत तिवारीलाई यही माघ ६ गतेदेखि लागु हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विश्वविद्यालयलाई वैज्ञानिक आविष्कार र अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरे । अध्यक्ष […]

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको हो । महानगरको स्वास्थ्य बिभागका कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै मेयर बालेन साहले सचिव अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुभएको थियो । सो विषयलाई लिएर मेयर […]

काठमाडौँ । काठमाडौँमा आजदेखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म […]

गार्टनरले २०२४ मा विश्वव्यापी आईटी खर्चको लागि वृद्धि पूर्वानुमानलाई घटाएर ७ प्रतिशत भन्दा कममा राखेको छ। सन् २०४ मा विश्वव्यापी आईटी खर्च ५ ट्रिलियन अमेरिकी डलर पुग्नेछ, जुन अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतले बढेको गार्टनरको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। यसले पहिले अपेक्षित ८ प्रतिशतबाट यसको पूर्वानुमानलाई घटाएको हो। अनुसन्धानकर्ताले जेनेरेटिभ एआई (जेनएआई), जसले २०२३ मा […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदैछन्। युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड विहान काठमाडौं अवतरण गर्नेछन्। युगान्डाबाट उनी नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहा अवतरण गरिसकेका छन्। सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

काठमाडौँ — सहकारीको रकम घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेलाई कारबाही माग गर्दै नेविसंघले राँको जुलुससहित उनको पुतला जलाएका छ्न । नेविसंघले शनिबार राति ९:१५ बजे बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस संसद् भवन सडक खण्ड अगाडि सहकारी ठगिमा मुछिएका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध मसाल जुसुलसहित पुतला दहन गरेको हो । […]

दाङ, ५ माघ । आफ्नो जन्म दिनको अवसर पारी शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले न्यानो कपडा र खेल सामाग्री वितरण गरेका छन् । भौगोलिक हिसाबले निकै दुर्गम मान्निने शान्तिनगर गाउँपालिका वडा न.१ मा रहेको श्री सरस्वती आधारभुत बिद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा लगायत खेल सामाग्री र राप्ती माध्यमिक बिद्यालय शान्तिनगर १ पेदिखोलामा खेल सामाग्री […]

काठमाडौँ । नेपाल विद्यार्थी संघले सहकारी घोटालाबारे जाँच गर्न र दोषीहरूलाई कडा कारबाही गर्न सहकारी विभाग माग गरेको छ । नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कारबाहीको माग गरेको हो । नेविसंघले सहकारी विभाग अगाडी उजुरी दर्ता गरे सँगै विभिन्न नाराहरू सहित प्रदर्शन समेत गरेको थियो । नेविसंघले सहकारी […]

चीनको किङ्घाई युथ फुटबल टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपालको प्रारम्भिक राष्ट्रिय युवा टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार ३२ खेलाडीको नाम सार्वजनिक गरेको हो । चिनिया नयाँ वर्षको अवसरमा आगामी फेब्रुअरी १० मा नेपाली राष्ट्रिय युथ टोली र चीनको किङ्घाई युथ फुटबल टिमबीच काठमाडौंको दशरथ रंगशालामा खेल हुनेछ । […]