नेपालमा सामाजिक सञ्जाल एप भाइबर सूचीकृत भएको छ । मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न तयार भएको निर्देशिका २०८० अनुसार पहिलोपटक नेपालमा भाइबर सूचीकृत भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिकाबमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको हो । ‘भाइबरले सूचीकरण भएको प्रमाणपत्र लै […]

दमक (झापा) । झापाको गौरादहमा आफ्नै वृद्धा हजुरआमाको हत्या अभियोगमा नातिसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका–७ का १७ वर्षीय धिरज विश्वकर्मासहित उनका साथी टङ्क दर्नाल, राजु मल्लिक र बहादुर दर्जीलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले बताए। उनका अनुसार फागुन २५ गते राति ८२ […]

नेपालका लागि नर्वेका राजदूत तोरुण द्रमदलले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबचि शिष्टाचार भेटवार्ता भएको हो। त्यसक्रममा उनीहरुबीच दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। स्रोत : नेपालखबर

काठमाडौं–बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ। आज बिश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै यस वर्षको मूल नारा “मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने रहेको छ। यस […]

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ । करिब १० करोडको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो । निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने एक करोड १० लाखमध्ये हालसम्म १६ लाख मात्र […]

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले विभिन्न आरोपमा अनुसन्धानमा तानिएका नेतालाई कसरी मन्त्री बनाउन सकिन्छ भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बैठकको छलफलमा भाग लिँदै शर्माले यस्तो प्रश्न उठाएका हुन् । ‘प्रधानमन्त्री आफैंले अनुसन्धानमा तानिएका र प्रमाणित हुन बाँकीलाई मन्त्री नबनाउने बताउनुभएको थियो’, शर्माले भने, ‘तर तपाईंले के गर्नुभयो ? प्रमाणित […]

अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन्। निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ। दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन […]

 संघिय लोकसेवा आयोग ले देश भरिका 14 ओटा केन्द्रबाट परीक्षा हुने गरि संघिय खरिदार जस्तो गरिमामय पदमा जागिर को लागि फारम खुलाएको छ। मिति २०८०।११।३० गते रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पद (अप्राविधिक) को बढुवा, आ.प्र. र खुला तथा समावेशी पदको विज्ञापनको  सूचना प्रकाशन गरिएको छ ।

पानी हाम्रो जीवनमा नभई नहुने तत्व हो। ज्यादै तीर्खा लागेको बेलामा एक गिलास चिसो पानी पिउदा पानीको महत्व थाहा हुन्छ। त्यसो भए चिसो पानी नै शरिरका लागि उपयुक्त विकल्प हो त? कि अवस्था अनुसार चिसो र तातो दुबै  पानी खान सकिन्छ? पानी चिसो होस् वा तातो शरिरलाई भने जतिबेला पनि हाइड्रेड बनाउनुपर्छ। प्राचीन स्वास्थ्य प्रणाली […]

  काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनैतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् । मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले वर्तमान गठबन्धन बनाउने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई कपोकल्पित आरोप लगाउँदै गठबन्धन भत्काएको आरोप लगाए […]