काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए विरुद्ध तेस्रो खेल खेल्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ । वेस्ट इन्डिजका एलिक अथान्जे रनआउट हुन पुगे । उनी १० बलमा १७ रन जोडेर पेभिलियन फर्किए । वेस्ट इन्डिजले ताजा स्थितीमा ३.२ […]

बैतडी । नेकपा (एमाले)का उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उप निर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन्। पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवाललीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । […]

पाटन । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए । शङ्करको मङ्गलबार तथा रमेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका […]

काठमाडौं अब गुगल प्ले स्टोरमा एकै पटक दुई ओटा एप डाउनलोड गर्न मिल्ने भएको छ । केही फ्ल्यागशिप फोनबाट गुगलले सुटुक्कै यो फिचर सुरु गरेको हो । यसअघि एक पटकमा एउटा मात्र एप डाउनलोड गर्न सकिन्थ्यो । त्यसले गर्दा धेरै ओटा एप डाउनलोड गर्नु झन्झटिलो प्रक्रिया थियो । अब भने प्ले स्टोरमा एकै साथ दुई […]

काठमाडौं । आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको […]

भजनी, (कैलाली) । बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो । वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख […]

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा यतिबेला निःशुल्क स्वाथ्य शिविर सञ्चालनका लागि सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगिरहेका छन् । डा. शर्माले गत वैशाख १३ गते डोटीको दिपालयमा, १५ गते बाजुराको तिलिचौरमा र १७ गते हुम्लाको सर्केघाटमा निःशुल्क स्वाथ्य शिविर सञ्चालन गरेका थिए । डा. शर्माले आजको शिविरमा १७०० […]

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका छन् ।  मंगलबार संसदीय समितिका सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिएका हुन् । उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसद्को आगामी अधिवेशन आह्वान […]

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले मङ्गलबार एक रिपोर्टमार्फत जनाएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अङ्कले घटेर एक दशमलव २९ मा झरेको छ । मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि शून्य दशमलव ०२ […]

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सार्वजनिक सेवा प्रशारण विधेयकमाथिको छलफलका क्रममा उहाँले सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि सार्वजनिक सेवा प्रशारण विधेयकमा मिसाउन नमिल्ने बताउनु भयो । उहाँले आगामी […]