सल्यानमा श्रीमतीकाे हत्या गरि श्रीमानले गरे आत्महत्या सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका एक दम्पती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् । उक्त घटना श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको […]

सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ। आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए। मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका-२ र ३ को सिमानामा […]

२९ वैशाख, काठमाडौं । गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा आज बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्नसहित जवाफ दिए, ‘ नियन्त्रणमा लिन प्रयास भइरहेको […]

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गरेको विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कामकारबाही अघि बढ्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेपछि सभामुखले थापालाई बोल्न समय दिएका थिए। त्यसपछि थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको थुप्रै प्रमाण आफूहरूसँग रहेको जिकिर गरे। ‘सहकारीको ठगीको सन्दर्भमा यो […]

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरुहुने बित्तिकै कांग्रेसका सांसदहरु उठेर अवरोध गरेका हुन् ।

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीलाई पठाउने मकवानपुरका २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरी प्रहरीको साइबर ब्यूरोले आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज […]

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिलाई निगमको […]

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएका थिए । उक्त राजीनामा पत्र सरावगीले शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले […]

एजेन्सी । सापेक्षताको सिद्धान्त मानव विकासको इतिहासमा ठूलो खोज थियो । सन् १९०५ मा अल्बर्ट आइन्स्टाइनले दिएको सापेक्षताको सिद्धान्तले वैज्ञानिकहरूको संसारमा हलचल मच्चाएको थियो । यस सिद्धान्तले हामीलाई समय र स्थान दुवै एकअर्कासँग जोडिएका छन् र गुरुत्वाकर्षणको प्रभावले समय र स्थानको फेव्रिक झुक्छ भनी बताएको छ । यस कारण समय सुस्त हुन्छ । यो खोजले […]

२८ वैशाख, काठमाडौं । अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली गाविसकी ४२ वर्षीया ङिमबुटी शेर्पा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि १९ वर्षीया निमा शेर्पा छन् । उनीहरुलाई काठमाडौं […]