दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या […]

तनहुँ । व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा दुर्गा भवानीको मन्दिर स्थापना गरी हिन्दू धर्म संरक्षण अभियानमा जुटेका छन् । बेलवास बेनिकोट परियार समाजमा आबद्ध ३७ घरका आफूहरुले हिन्दू धर्मको सारलाई भावी पुस्तासम्म बचाइराख्न गरेको अभियानमा स्थानीय गैरदलितबाट साथ र सहयोग मिलेको समाजका प्रमुख सल्लाहकार धनबहादुर परियारले बताउनुभयो । मन्दिर निर्माणका लागि आफूहरुले करिब छ […]

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको बजेट अधिवेशनको यो बैठक आज दिउँसो १ बस्ने बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको बैठक आह्वान गर्नुभएको थियो । आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले […]

काठमाडौँ । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदान (दशरथ रंगशाला)मा युएईसँग खेल्ने तालिका छ । तर, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाएपछि घरेलु मैदानमा खेल नहुने […]

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत अगाडि नाराबाजी गरेको आरोपमा प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ । आइतबार साँझ सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुपर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । भुसालले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । […]

गोदार । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो […]

काठमाण्डौं । बैशाख ३० । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन सहितको तारकेश्वरका जनप्रतिनिधिले चुनावमा प्रतिबद्धता व्यक्त गरेको शुद्ध पानी सहितको एक घर एक धारा अभियान तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीबाट सुरु भएको छ । बषौं देखि पिउने पानीको अभाव खेपीरहेका तारकेश्वर नगरपालिका वडा नं २ थुम्कीलाई प्राथमीकतामा राखेर नगरपालिकाले गतबर्ष चीनीयाँ प्रोजेक्टसंगको सहकार्यमा […]

राष्ट्रिय युवा परिषदको BooTcamp business incubation तालीम सफलता पुर्बक सम्पन्न, नेपाल सरकार राष्ट्रिय युवा परिषदको आयोजना र फ्युचर नाउको सहकार्यमा बैशाख २३ देखी संचालन भएको युवाका नविन सोच र विचारहरुलाई उधममा परिणत गर्ने Bootcamp business incubation तालिम ८ औं दिनमा आज समापन भएको छ। कार्यक्रममा विभिन्न युवाका नविन सोच तथा विचारलाई तालीममा सहभागी गराईएको थियो। […]

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका सीईओले तलब नपाएपछि जागिर छाडेका छन् । उनका सीईओ हेमन्त बरालले जागिर छाडेका हुन् । उनी निकट स्रोतका अनुसार उनले तलब नपाएपछि बाध्य भएर जागिर छाडेका हुन् । रविले चितवन २ रहेको कार्यालयमा राखिएका विदेशबाट आएका सीईओ बरालले तलब नपाएपछि राजीनामा दिएर […]

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या बढेर ३४ हजार ९७१ पुगेको छ । ७८ हजार ६४१ घाइते भएका छन् । हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा शुरु भएको थियो । गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ । […]