तुलसीपुर, (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताउनुभयो । दीपकको उपचारका […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्यातिषी सुरेशचन्द्र रिजालले जबरजस्ती करणीको अभियोगमा दोषी ठहर भई ८ वर्षको कैद सजाय पाएका क्रिकेट सन्दीप लामिछानेको फैसला उल्टिने दाबी गरेका छन् । लामिछानेविरुद्धको मुद्दाको आज उच्च अदालत पाटनले फैसला सुनाउँदै छ । ज्योतिषी रिजालले लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् […]

काठमाडौँ । पिठ्यूँमा डेढ वर्षकी छोरी मस्त निदाएकी थिइन् । हातमा सानो थैली थियो । बिरामी छोरीलाई उहाँले जतिसक्दो चाँडो अस्पताल पुर्‍याउनु थियो । नायाँबानेश्वरको चोकमा उभिएर भैरवी कार्कीले पटक–पटक गाडीलाई हात तेस्र्याइरहनुभयो तर पिठ्यूँमा बच्चा बोकेको देखेपछि उहाँलाई नचढाई गाडी गुडिहाल्थे । शुक्रबार बिहान ९ बजे भैरवी यसरी नै गाडीका लागि प्रतीक्षा गरिरहनुभयो । […]

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा उहाँको निधन भएको हो । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि मुटुको रोगलगायतका समस्यामा रहँदै आउनुभएको थियो । दिवंगत नेपालले प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गर्नुभएको थियो ।

 काठमाडौँको सुकेधारास्थित रोयल मार्बल नजिकैको सडकको नालामा आज एक पुरुषको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित नालीमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भई हाल काठमाडौँ–७ चावहिल बस्दै आएका ४४ वर्षीय भीषण गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नालामा घोप्टो परेको अवस्थामा उनको शव […]

काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्वाध रुपमा सदन सञ्चालनको वातावरण बनाउने विषयमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा उहाँले दलहरुबीच सहमति नहुँदा आगामी बैठक प्रभावित हुने अवस्था आएकामा चिन्ता व्यक्त गर्नुभएको थियो । सभामुख घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु […]

काठमाडौँ । प्रहरीले सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो । फरार रहेका राईको राहदानीलाई ‘कालोसूची’ मै राखिएको छ । राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी समेत भएको छ । तर, […]

दमौली । जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन् । मन्दिर परिसरमा रहेको पोखरीमा अवस्थित हजारौँ माछा सोमबार एकैसाथ मरेका छन् । आज पनि पोखरीमा रहेका माछा मर्ने क्रम रोकिएको छैन । आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार के कारणले माछा मरेका हुन् भन्ने खुलेको छैन […]

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलवार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार के. सी. ले फल्चा बस बिसौनीको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरु बिगार्न नहुने बताउनु भयो […]

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा परेको छ । आज उक्त मुद्दाको पेसी सूचीको पहिलो नम्बरमा परेको छ । यसअघि पनि न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ मा […]