काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने बताउनु भयो । उहाँले राजाको धम्कीबाट काँग्रेस नडराएको भन्दै अहिले कुनैपनि राजनीतिक दलको धम्कीबाट नडराउने बताउनु भयो । बुधवार […]

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ । गिरीबन्धु टि–स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्दछ । ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ […]

रामपुर, (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु […]

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरिए पनि नेपाली कांग्रेसको अवरोधका कारण संसद्ले राष्ट्रपति पौडेललाई धन्यवाद दिएको छैन । आजको बैठकमा राष्ट्रपति पौडेललाई धन्यवाद दिने लगायतका […]

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ । सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला उहाँले सो आरोप लगाउनुभएको भएको हो । बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालिन […]

दमौली । तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गर्नुभएको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका […]

आधुनिक नेपालको एकिकरण र निर्माणसँगै अहिलेसम्म नेपाल गम्भिरखालका राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । पहिलो सुगौली सन्धि, दोस्रोमा दिल्ली सम्झौता र तेस्रोमा बाह्रबुँदे सम्झौता । भारतको पछिल्लो प्रवृत्ति सैनिक हस्तक्षेप गर्नुभन्दा पनि नागरिक अतिक्रमण गराएर उसको सुरक्षाको लागि सैनिक हस्तक्षेप गर्नु हो । क) राष्ट्रिय एकिकरण र सुगौली सन्धी  नेपाल एकिरणको अभियान अन्तर्गत तत्कालीन अवस्थामा पूर्वमा […]

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा (एमाले)को संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिनुभयो । बैठकमा सरकारको नीति तथा कार्यक्रम, आसन्न बजेट र एमालेको भूमिकाका […]

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो । गाउँपालिकाका सातवटै वडाका कृषकलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन […]

काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ् १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । दिल्ली क्यापिटल्सको जितसँगै सञ्जु सामसनको टोली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । तीन टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । जसमा मुम्बई इन्डियन्स, पञ्जाब किंग्स […]